काठमाडौँ, साउन १२ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले हालका रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो ।
पूर्वमुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हद (५८ वर्ष) पुगेका कारण आइतबार अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली भएको थियो ।
त्यस्तै, रजिस्ट्रार पदमा सर्वोच्च अदालतमा कार्यरत सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ।
























