काठमाडौं, साउन १२ । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सीमान्तकृत समुदायका ती परिवारका सदस्य सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन भएका हुन्।
उनीहरूको घरमा सामान्य आगलागी भएको र केही क्षति पुगेको देखिएको छ भने घरपालुवा जनावरहरू अलपत्र अवस्थामा फेला परेका छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार हाल उनीहरूको खोजी कार्य जारी छ।
























