शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी
सप्तरी, राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताउनुभएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताउनुभयो