प्रदेश नं २ : ३ बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा
वीरगञ्ज । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ