काठमाडौं । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा रु १,५१,००० । – को चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सो कार्यक्रममा बंैैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो । साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
























