काठमाडौं । नेकपा एमालेले बारा २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको समय तय भएको छ ।
एमालेले चितवन र तनहुँको उम्मेदवार यसअघि नै तय गरे पनि वाराको भने आज उम्मेदवार टुंगो लगाएको हो ।
यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा वारा २ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
उपनिर्वाचनमा एमालेका पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा निर्वाचन लड्दैछन् । वारा २ मा यो पटक निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।