जकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।
आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको बताइएको छ । कांग्रेसले पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने सहमति भएको बताइएको छ ।
मधेश प्रदेशमा अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् ।