सांसद कोइरीको अवस्था सार्वजनिक गर्न महासेठको माग
काठमाडौं । नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा महासेठले महतो अहिले पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्न माग गरेका हुन ।