काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेकै कारण नजिता आउन ढिलाई भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको र काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएका कारण नजिता आउन ढिलाई भएको बताएका हुन ।
उनले आफुले गृहमा जिम्मेवारी सम्हालेपछि सुधारका कामहरु सुरु गरिसकेकाले कामको र परिणामको माध्यमबाट सवै प्रश्नहरूको जवाफ दिने बताएका छन् ।
क्रसर, फरार सांसद लगाएतका बिषयमा केहि दिनमा नजिता आउने उनको दावी छ । उनले गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गर्न पनि आग्रह गरेका छन् ।
उनले प्रणालीलाई बलियो बनाउन सवैले साथ दिए नागरिकले छिटै सुशासनको अनुभूति गर्न सक्ने धारणा राखेका छन् ।