काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलको उम्मेदवार टुंगो लगाउने विषयमा पनि छलफल जारी रहेका बेला दुई प्रमुख नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । सत्ता साझेदार दलहरूबीच राष्ट्रपति एमालेले लिने समझदारी भए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमित खोजिने बताउँदै आएका छन् । उनले एमालेकै उम्मेदवारका लागि राष्ट्रिय सहमति खोज्ने बताएका हुन कि अन्य पार्टीको उमेदरवारका लागि हो भन्ने कुरा समयले बताउने छ ।