काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम हेरफेर हुने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
यस्तै, बैठकमा प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना ज्ञापन गरिने कार्यसूची छ।
प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएका छन् ।




















