असफल नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ : टोपबहादुर रायमाझी
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको बताउनुभएको छ । नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै उहाँले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश