पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।




















