काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका आशिष न्यौपाने नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शोको टप ८ मा पुगेका छन् ।
च्याम्पियन बन्न आफ्नो प्रतिभाका साथै दर्शकको भोट आवश्यक पर्ने भए पछि उनी आजकल भोट माग्न घरदैलो गर्दैछन् । यसै क्रममा उनले आफ्नो जिल्लावासी भट्टराईलाई भेटेका थिए । उनीसँगको भेट पछि आशिषलाई जितका लागि आशिष दिनुका साथै आम दर्शकसँग भोट समेत मागि दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् –
“गोरखाले वर्तमान नेपाल राज्यको भौगोलिक एकीकरणदेखि लोकतान्त्रिक आन्दोलनका विभिन्न चरण हुँदै अहिलेको सुशासन र समृद्धीकरणको नयाँ चरणसम्म विभिन्न राष्ट्रिय प्रतिभाहरूलाई जन्माउँदै/हुर्काउँदै आएको छ।
यसै क्रममा कला-संस्कृतिको क्षेत्रमा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को टप ८ मा गोरखाका जल्दाबल्दा युवा कलाकार आशिष न्यौपाने पुगेको खबरले म अत्यन्त खुशी छु।
उनलाई भोट गरेर साथ दिन सबैलाई अनुरोध गर्दछु ! सफलताको हार्दिक शुभकामना !”



















