काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने माग गरेका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् चरम आर्थिक संकटोन्मुख रहेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
उनले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको यस विषम परिस्थितिमा आफ्ना कार्यकर्तालाई अयोग्य लडाकूका नाममा पैसा बाँड्न नहुने बताएका हुन् ।
उनले माओवादी नेतृत्वको सरकारको यस किसिमको निर्णयको विरोध गर्न सबैलाई आग्रह समेत गरेका छन् ।




















