कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।