काठमाडौँ । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन् ।



















