काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यविधि पुस मसान्तसम्म थप्ने निर्णय भएको छ ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिइन्। मन्त्री शर्माका अनुसार दुवै आयोगको म्याद असार मसान्तमा सकिँदै थियो ।



















