गण्डकी प्रदेशः मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियु्क्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत