काठमाडौँ । आज बिहान १० बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ । सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ ।
मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम के कारणले स्थगित भएको हो भन्ने खुलाइएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए । सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
प्रधानन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आज मन्त्रिपरिषद् बैठक बस्ने छैन भने राज्यमन्त्रीको शपथ पनि अनिश्चित बनेको छ ।