काठमाडौँ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/०८३ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने छ ।