सभामुखमा सापकोटाको उम्मेदवारी, कांग्रेसले उम्मेदवारी दिएन
काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । नेता सापकोटाको प्रस्तावकमा नेकपा संसदिय दलका उपनेता सुवास चन्द्र नेम्वाङ हुनुहुन्छ