काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परमादेश सरकारसँग माग गर्नुभएको छ । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न सरकारले आह्वान गर्नुपर्ने बताउनुभयो ।
अहिलेको परिस्थितिमा सामान्य तरिकाले काम गरेर नहुने बताउँदै उहाँले भन्नुभयो, ‘सम्बन्धित नियोगलाई वा कम्पनीलाई आफ्ना नागरिकलाई बाहिर लैजाँदा हाम्रो पनि लगिदेऊ भनेर कसैको दयामायाले हुँदैन । आफैं ल्याउने हो सरकारले । तत्काल नेपालीहरुलाई बाहिर ल्याउनुपर्यो ।’ विद्रोही समूह तालिबानले अफगानिस्तान छाड्न चाहनेलाई जान दिने भनेकाले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।