काठमाडौँ । देउवा सरकारले प्रदेश–२ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गरेको छ । प्रदेश २ का प्रमुख राजेश झालाई हटाएर सो पदमा सरकारले मिश्रलाई सिफारिस गरेको हो ।
लामो समयदेखि राजनीतिमा सक्रिय नभएका मिश्रलाई उहाँको परिवारको योगदानको कदर गर्दै देउवा सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले नेता मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाका नेता मिश्र नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट २०४८ सालमा प्रतिनिधिसभामा सांसद हुनुहुन्थ्यो ।