काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले एक महिना बितिसक्दा देउवा सरकारले पुर्णता नपाउनु कांग्रेस नेता शेरबहादुर देउवाको गैरजिम्मेवारीपन भएको बताउनुभएको छ । उहाँले पाँच मन्त्रीको भरमा सत्ता सञ्चालन गरेर देउवाले गैरजिम्मेवारी प्रदर्शन गरेको बताउनुभयो ।
काठमाडौं क्षेत्र न–५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राणाले त्यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा सञ्चार गर्न नसकेको बताउनुभयो । राणाले राप्रपा अब एकढिक्का भएर अगाडि बढ्न सके धेरै उद्देश्यहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।