एक्टरकी नायिका आनाको क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ । कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्।