बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो