सरकारले दियो भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले बिदा दिइएको हो । गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार बिदा दिइने निर्णय भएको जानकारी दिएका छन्