नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीको गाडी जलाइयो, १५ जना घाइते
काठमाडौं । दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ । सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो