काठमाडौँ । आज विसं २०८१ चैत १७ गते आइतबार, ई.स.२०२५ मार्च ३०, तिथि– चैत शुक्लपक्ष प्रतिपदा, रेवती–नक्षत्र, ऐन्द्र–योग, वव–करण, चन्द्रराशि–मीन, सूर्योदय–५ः५९, सूर्यास्त– १८ः२० ।
मेष : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु-याउने छैनन् ।
कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।
सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।
कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ ।
वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।
मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।
मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।