अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
काठमाडौं । मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको 8th International Pakistan Army Team Spirit (PATS) मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रम बिच ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेका छन् ।