वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै बिपी राजमार्गमा आवागमन गराइने
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको विभिन्न सडक खण्डमा पहिरो जाँदा तथा लेदाले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ