काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
ललितपुर प्रहरीले दिएको जानकारीअनुसार बागमती गाउँपालिका–३ अन्तर्गत पाँचधुरे, पयाङधुर र टिकाभैरवमा सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ।
यता, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्डमा भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।




















