चौलानी नदी आंशिक थुनिएपछि मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन निर्देशन
सुदूरपश्चिम । दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा,