काठमाडौं । आज राति देशका अधिकांश प्रदेशमा बदली रहने तथा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ ।
आज राति मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी प्रदेशमा सामान्यतया बादल लाग्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातसँगै मेघगर्जन र चट्याङको सम्भावना छ। बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कोशी प्रदेशका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ।
त्यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना छ।
भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ।
सुदूरपश्चिम प्रदेशको तराईका धेरै स्थानमा, लुम्बिनी प्रदेशको तराईका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।
भोलि सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।




















