मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ