काठमाडौं । दैलेखको आठबिस नगरपालिका–१ मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
घाइतेमध्य दश जनाको अवस्था गम्भीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले वताउनुभयो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।
कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रोबस अन्यिन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकामध्ये १० जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।