पासपोर्ट खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
काठमाडौं । राहदानी खरिद प्रकरणमा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ। आयोगको टोली मुद्दासम्बन्धी फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था