सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ
काठमाडौं । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ। राज्य आतंक बढ्दै गएको आरोप लगाउँदै अनेरास्ववियुले बुधबार सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेको थियो।