आज दुवै सदनका बैठक, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ । आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का वैठक अलग–अलग बस्दै छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुने छ भने राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ११ मिनेटमा बस्ने छ