काठमाडौँ । आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का वैठक अलग–अलग बस्दै छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुने छ भने राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ११ मिनेटमा बस्ने छ ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबारेको छलफल जारी रहनेछ भने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेलगायत सम्भावित कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बजेटमा छलफल पनि प्रारम्भ हुनेछ ।