हुम्लामा बिहानैदेखि हिमपात : हिउँ जम्याे, घरबाहिर निस्कनसमेत समस्या
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ । बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएकाे हाे ।