काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ ।
३०० औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उहाँले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी तथा सर्वसाधारणहरु माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।