तीन तहका सरकारबीच प्राकृतिक स्रोतमाथिको द्वन्द्व बल्झिँदै
गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब चार करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको थियो। नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी–बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप उनीहरूमाथि थियो।