कुहिरो र घाम लुकामारी गर्दै चन्द्रागिरिमा
फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श। फेरि छिनमै पारिलो घामको न्यानोपन। बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ। यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यतिबेला चन्द्रागिरि