सुक्खायामसँगै डढेलोको जोखिम बढ्दै
काठमाडौँ । सुक्खायामसँगै वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ। दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ ।