निर्वाचन आयोगद्वारा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छाप्न सुरु गरेको छ । उम्मेदवारको मात्रै चिह्न समेटेर आयोगले मतपत्र बिहीबारदेखि छाप्न सुरु गरेको हो । हरेक क्षेत्रको फरक मतपत्र छाप्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए