काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्तामा सरकारको पूर्णतासँगै शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको छ ।
वालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ। चाँडै सरकारलाई पूर्णता दिने भनिए पनि पोखराको दुर्घटनाले गृहकार्य नटुंगिएकाले मन्त्रिपरिषद विस्तारमा केही समय लाग्ने बताइएको छ ।



















