काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राष्ट्रपति र सभामुख निर्वाचनबारे छलफल भएको छ ।
देउवा निवास धुम्बाराहीमा भएको भटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।
दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ।



















