काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको बताएका छन् ।
शनिवार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे ।
उनले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको बताउँदै राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको बताए ।
उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनमै सरकारलाई पूर्णता दिने समेत बताए ।
उनले भने, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ। हामीबीच केही समस्या छैन । केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’




















